समाज

लेकखर्कमा पहिरो : दुई जनाको शव भेटियो, पाँच जना बेपत्ता

इकागज |
भदौ ९, २०८१ आइतबार ७:५३ बजे

काठमाडौँ- रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका-३ लेकखर्कमा पहिरोले तीन वटा घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । गएराति पहिरो जाँदा दुई जनाको मृत्यु भएको हो ।

घटनास्थलमा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेले बताए ।


उनका अनुसार पहिरोले केही व्यक्ति पनि बेपत्ता छन् । पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


Author

थप समाचार
x