समाज

रामेछापमा पहिरो : ६ जनाको मृत्यु (नामसहित)

इकागज |
भदौ ९, २०८१ आइतबार १०:३१ बजे

काठमाडौँ- रामेछापको दोरम्बा शैलुङ-३ मा गएको पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ ।

पहिरोमा परेर ४ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।


पहिरोले ४ वटा घर र एक पक्कि पुल बगाएको छ । अहिले बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

हालसम्म चण्डिका श्रेष्ठ, बालक आमुस श्रेष्ठ, उर्मिला पहरी, सन्दीप पहरी, विज्ञान पहरी, सन्तोष पहरीको शव पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ ।

फड्की पहरी, काले पहरी, झ्याउकिरी पहरी, बिन्दा पहरी बेपत्ता रहेका छन् । 

र, यो पनि


Author

थप समाचार
x