समाज

बुद्धनगरमा पुरुषको हत्या

इकागज |
भदौ १०, २०८१ सोमबार १०:२९ बजे

काठमाडौँ - काठमाडौं महानगरपालिका १०, बुद्धनगरमा एक पुरुषको हत्या भएको छ । 

आइतबार राति बुद्धनगरमा अन्दाजी ४० वर्षीया रुपक बान्तवाको हत्या भएको प्रहरीले जनाएको छ । हत्या भएका बान्तवा शंखमूलस्थित बुद्ध बिहार अगाडि पुल हाउस सञ्चालन गर्दै आएका थिए । 


बान्तवाको शरीरमा घाउचोटहरू देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


Author

थप समाचार
x