समाज

यस्तो हुनेछ आज दिनभरको मौसम

इकागज |
भदौ १२, २०८१ बुधबार ६:३० बजे

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बाग्मती र लुम्बीनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।


आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

त्यस्तै आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।


Author

थप समाचार
x