समाज

इन्जिनियर्स एसोसियसनको निर्वाचन : सिडेनको बागमती, मधेश र कोशीमा चुनावी कार्यक्रम सकियो

इकागज |
भदौ १५, २०८१ शनिबार १२:४७ बजे

काठमाडौँ- इञ्जिनियर  सुवासचन्द्र बरालले नेतृत्व गरेको लोकतान्त्रिक समुह (सिडेन)को उम्मेदवारहरूको टोलीले बागमती, मधेश र कोशी प्रदेशमा चुनावी कार्यक्रम सम्पन्न गरेको छ । तीन वटै प्रदेशमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । सो क्रममा प्रदेशमा सिडेनको टोली पुग्दा भव्य स्वागत भइरहेको छ भने इन्जिनियरहरू उत्साही देखिएका छन् । 

भदौ ११ मा चितवनको भरतपुरबाट सुरु गरि हेटौंडा हुँदै मधेश प्रदेशको वीरगञ्ज, जनकपुर, मलंगवा, चन्दनिगाहपुर, लहान, राजविराज र विराटनगरसम्म उम्मेदवार परिचयात्मक तथा  चुनावी सभा कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेशमा सिडेनको तर्फबाट ई जगरनाथ साहको नेतृत्वमा लोकतान्त्रिक समुह निर्वाचनमा होमिएको छ । लोकतान्त्रिक समुहबाट मधेश प्रदेशमा ई अजित यादव नेतृत्वको समुह चुनावी मैदानमा होमिएको छ ।


सिडेनले नेपाल इन्जिनियर्स एसोसियसनको सबलिकरण, इञ्जिनियरहरूको क्षमता अभिवृद्धि तथा पेशागत सहयोग, एकता सहकार्य तथा गुणस्तरसहितको सामाजिक आदर्श निर्माण र हकहितको संरक्षण तथा पैरवी गर्ने प्रतिवद्धता पनि गरेको अध्यक्षका उम्मेदवार ई बरालले जानकारी दिए । 

भदौ २८ गते ३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ। लोकतान्त्रिक समुहले सहमतिमै प्यानल टुंगो लगाएको हो । इन्जिनियरिङ एसोसियसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानलनै विजयी भएको थियो ।

नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवको प्रमुखको आतिथ्यमा मधेश प्रदेश उर्जा, सिंचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादव, प्रदेश सभा सदस्य जङिलाल यादव, योजना आयोगका पुर्वउपाध्यक्ष डा. जग्दिशचन्द्र पोखरेललगायत नेताहरू कार्यक्रममा उपस्थित थिए ।

सिडेनका अध्यक्ष लक्ष्मण केसी  पूर्वअध्यक्ष शंकर पण्डित, उमेश थानी, मधेश सिडेन अध्यक्ष मनोज दासलगायत लोकतान्त्रिक समुहको नेताहरूको उपस्थिति कार्यक्रममा सम्पन्न भएको छ । प्रदेश केन्द्रित कार्यक्रम अन्तर्गत शुक्रबार लोकतान्त्रिक समूह विराटनगर पुगेको थियो । टोलीले अब केही दिनमा बाँकी रहेका प्रदेशमा कार्यक्रम गर्ने तय भएको छ ।


Author

थप समाचार
x