समाज

बालेनले हटाएका होइनन्, रिपोर्ट धेरै भएपछि फेसबुकले हटाएको हो स्ट्याटस

इकागज |
भदौ १८, २०८१ मंगलबार १२:३० बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले स्ट्याटस हटाएको नभएर फेसबुक आफैले हटाएको दाबी गरिएको छ । मेयर साहका सचिवालयका अनुसार धेरै रिपोर्ट गरिएपछि फेसबुक आफैले स्ट्याटस हटाएको दाबी गरेको हो ।

मेयर साहले फेसबुकबाट नेकपा एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै स्ट्याटस लेखेका थिए । उक्त स्ट्याटसमा रिपोर्ट धेरै परेपछि फेसबुकले हटाएको साहका सचिवालय सदस्य सुरेन्द्र बजागाईंले इकागजलाई जानकारी दिए ।


उनका अनुसार आइतबार पोस्ट भएको उक्त स्ट्याटस आज बिहानबाट फेसबुकले हटाएको हो । स्ट्याटस रिकभर गर्ने प्रयास भइरहेको उनले जानकारी दिए ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै बालेनले सांसद शर्मालाई अदालतले समेत समाउन आदेश दिँदासमेत किन नसमाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए । उनले प्रधानमन्त्रीलाई भनेका थिए 'तपाईंको सुशासन बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला ?'

एमाले सांसद शर्माले विगत ८ वर्षदेखि एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा र कुटपिट गरेको आरोप छ । अदालतले समेत शर्मालाई समाएर आवश्यक मुद्दा अगाडि बढाउन भनिसकेको छ ।

र, यो पनि


Author

थप समाचार
x