समाज

बालेनले सरकारलाई भनेः म गलत हो भने मलाई समाउ

इकागज |
भदौ १८, २०८१ मंगलबार १७:५२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ-  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारलाई दोषी समाउन चेतावनी दिएका छन् । मंगलबार साँझ फेसबुकमा स्टाटस लेख्दै पोष्ट उडाउने नभइ दोषी समाएर देखाउन आग्रह गरेका छन् ।

उनले भने,’ पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।‘


केही दिनअघि शाहले फेसबुकमा लेखेको स्टाटस आफैँ हटेको थियो । उनले एमालेकी बागमती प्रदेश सभा सदस्य एमालेकी प्रदेश सांसद रेखा शर्मालाई किन नसमाएको भन्दै प्रश्न गरेका थिए ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै शाहले सांसद शर्मालाई अदालतले समेत समाउन आदेश दिँदासमेत किन नसमाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका हुन् ।

उनले प्रधानमन्त्रीलाई भने, तपाईंको सुशासन बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना  दिँदै  एक लाख घोषणा गर्नु नै होला ?’

 

 

 

 

 


Author

थप समाचार
x