समाज

बाग्लुङ बसपार्कको काम २३ बर्षमा सकियो

इकागज |
भदौ १८, २०८१ मंगलबार १८:२३ बजे

काठमाडौँ - बागलुङ नगरपालिकाद्वारा नव निर्मित बाग्लुङ बसपार्क काम थालेको २३ बर्षपछि संचालनमा आएको छ । 

बागलुङ नगरपालिका ४ दावगरामा निर्मित बसपार्कको मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।


सो क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बसपार्कलाई दिगो रुपमा संचालन गर्नको लागि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने बताए । उनले स्थानीय जग्गा धनीहरूले जग्गा दिएर बसपार्क निर्माण भएको हुँदा बसपार्क निर्माणपछि बाँकी रहेको जग्गा फिर्तामा राजश्व छुट गराउने तर्फ आफूले ध्यान दिने धारणा राखे । 

२०५८ मा स्थानीय बासिन्दाले साँढे १७ रोपनी जमिन दिएपछि बसपार्क निर्माणको काम शुरु भएको थियो ।

ठेक्कापट्टाको कामले ढिलाई हुँदा २०७७ जेठमा बसपार्क निर्माण गरिएपछि त्यसको ४ बर्षपछि मात्रै संचालनमा आएको छ । बसपार्क संचालनमा आएसँगै लामो र छोटो दुरीका बस चलाउन सहज हुने नगरपालिकाले जनाएको छ । 


Author

थप समाचार
x