समाज

कतार पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

इकागज |
भदौ २०, २०८१ बिहीबार १४:९ बजे

काठमाडौँ- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ओखलढुंगा चिसङखुढी नगरपालिका-६ पोखरे घर भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-३ बस्ने २८ वर्षीय सुवास आले मगरलाई प्रहरीले पक्राउ गरेको छ । 

सुवासले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-३ महाराजगञ्जबाट पक्राउ गरेको हो ।


उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।


Author

थप समाचार
x