समाज

बालिका मृत फेला

इकागज |
भदौ २०, २०८१ बिहीबार २१:५४ बजे

तस्विरः फाइल फोटो

घोडाघोडी (कैलाली)- कर्णाली नदीमा एक बालिकाको शव फेला परेको छ ।

बिहीबार कैलालीको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित कर्णाली नदीको पश्चिम भँगालोमा १२ वर्षीया बालिकाको शव फेला परेको हो ।


इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार कर्णाली चिसापानी सामुदायिक वनतर्फको भागबाट र्‍याफ्टिङको सहायतामार्फत बालिकाको शव निकाली टिकापुर अस्पताल लगिएको छ । शव पहिचान गर्न नसकिने अवस्थामा रहेको उनले जानकारी दिए ।- रासस


Author

थप समाचार
x