समाज

८ वर्षदेखि सरकारले भेट्टाएन सर्वोत्कृष्ट कर्मचारी, ४० कर्मचारी पुरस्कृत (नामसहित)

इकागज |
भदौ २२, २०८१ शनिबार ९:२ बजे

काठमाडौँ- आज निजामती सेवा दिवस । सरकारले २०६१ भदौ २२ गतेदेखि निजामती सेवा दिवस मनाउँदै आएको छ ।

यो वर्ष सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गर्ने भएको छ । सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मान गर्न लागिएको हो ।


उत्कृष्ट निजामती सेवा पुरस्कार एक लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशिको रहेको छ ।

सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा पनि गर्ने गरेको थियो । तर विगत ८ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी पाउन सकेको छैन् । २ लाख रूपैयाँ राशिको पुरस्कार यो वर्ष पनि खाली रहेको छ ।

२०७३ सालमा तत्कालीन सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए ।


Author

थप समाचार
x