समाज

सुनचाँदीसहित अमेरिकाबाट आएका अभिषेक रौनियार पक्राउ

इकागज |
भदौ २६, २०८१ बुधबार २१:४६ बजे

सांकेतिक फोटो

काठमाडौँ - त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सुनसहित एक जनालाई पक्राउ गरेको छ । भन्सारका कर्मचारीले काठमाडौँको बागबजार स्थायी घर भएका ३७ वर्षीय अभिषेक रौनियारलाई पक्राउ गरेको हो ।

उनी अमेरिकाबाट एयर इण्डिया जहाजमार्फत काठमाडौँ आएका थिए। उनको साथबाट भन्सार कार्यालयले ९००.१ ग्राम सुन, २५३३.१ ग्राम चाँदी, ४२ हजार २०० अमेरिकन डलर, दुई हजार रसियन र एक हजार कोरियन पैसा बरामद गरिएको छ ।



Author

थप समाचार
x