समाज

सिमलतालबाट त्रिशूलीमा खस्यो ट्रक

इकागज |
भदौ ३०, २०८१ आइतबार ८:१९ बजे

तस्विरः फाइल फोटो

मुग्लिन- नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ। ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार ट्रक त्रिशूलीको किनारमा खसेको जानकारी आएको छ ।  क्षति बारे थप विवरण आउन बाँकी छ।


यतिबेला प्रहरीको टोली त्यसतर्फ खटिएको छ। सिमलताल क्षेत्रबाट यसअघि पनि दुई वटा बस त्रिशूली नदीमा खसेका थिए । गत असार २८ गते बस खस्दा २४ जनाको शव फेला परेको थियो। कूल ६२ जना यात्रुहरू सवार रहेकोमा २४ जनाको शव मात्र फेला परेको हो।

भारतीय ‍टोली परिचालन गरी खोजी कार्य गरे पनि सबैलाई भेटाउन नसकिएपछि खोजी कार्य नै बन्द गरिएको हो ।


Author

थप समाचार
x