समाज

वसन्तपुरमा ५०४ जनाको सामूहिक कुमारी पूजा (फोटो फिचर)

अनुज बज्राचार्य |
भदौ ३१, २०८१ सोमबार १२:५८ बजे

काठमाडौँ- हनुमानढोकास्थित वसन्तपुरमा सोमबार ‘जीवित देवी’को रूपमा पुजिने ५०४ जना कुमारीको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्रा पर्वअनुसार लिंगो ठड्याएको भोलिपल्ल्ट कुमारीको पूजा गर्न परम्परा रहेको छ ।

आइतबार वसन्तपुरमा इन्द्रजात्राको लिंगो ठड्याइएको थियो । इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो । 


हनुमान ढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो । इन्द्रलाई वर्षा र सहकालका देवताका रुपमा लिइन्छ । लिङ्गो ठड्याएपछि जात्राको मुख्य दिनमा कुमारीलाई टोल यात्रा गराइने परम्परा छ ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x