समाज

सडक तथा खोला मापदण्ड खारेजीको माग गर्दै ललितपुरमा प्रदर्शन

इकागज |
भदौ ३१, २०८१ सोमबार १९:१४ बजे

काठमाडौँ - सडक तथा खोला मापदण्ड खारेजीको माग गर्दै ललितपुरमा विरोध प्रदर्शन गरिएको छ । ​

गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेजीको निम्ति भन्दै सुमन सायमी नेतृत्वको मोर्चाले सोमबार ललितपुरको कुपण्डोल क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् ।


उनीहरुले जनतालाई उठिवास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर्नुपर्ने माग राखेका छन् । गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिका संयोजक सायमीले जनतालाई उठिवास लगाउने गरि अदालतबाट भएको आदेश खारेज गर्नुपर्ने भन्दै विरोध प्रदर्शन गरिएको बताए । 

आगामी असोज ३ गते माइतीघरमा वृहत विरोध प्रदर्शन गर्ने तयारी रहेको उनले जानकारी दिए । 

सर्वोच्च अदालतले काठमाडौंभित्रका नदी किनारमा कम्तीमा २०/२० मिटरको दूरीभित्र कुनै संरचना बनाउन नमिल्ने र पहिल्यै रहेको भए हटाउनुपर्ने फैसला गरेको थियो ।

विभिन्न राजनीतिक दलका साथै सरोकारवालाहरूले उक्त फैसलाको विरोध गर्दै सरकार पुनरावलोकनमा जानुपर्ने माग राख्दै आएका छन् । 


Author

थप समाचार
x