समाज

कस्तो छ आजको मौसम पूर्वानुमान ?

इकागज |
असोज १, २०८१ मंगलबार ६:२८ बजे

काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। 

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुइ स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।


आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । 


Author

थप समाचार
x