कोरियाबाट प्रवासी युवाले पठाए चौकुने र पञ्चपुरीलाई स्वास्थ्य सामग्री
काठमाडौँ : दक्षिण कोरियामा रहेका प्रवासी युवाहरुले चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकालाई स्वास्थ्य सामग्री पठाएका छन् । कोभिड संक्रमित विरामीको उपचारका लागि उनीहरुले आवश्यक केही स्वास्थ्य सामग्री पठाएका हुन् ।
प्रवासी युवाहरुले पठाएको स्वास्थ्य सामग्री पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापालाई हस्तान्तरण गरिएको छ । त्यसरी हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा अक्सिजन सिलिण्डर पाँच थान, पल्स अक्सीमिटर, डिजिटल थमोमिटर, मास्क लगायत छन् ।
दक्षिण कोरियामा रहेका चौकुनेका युवा आशाराम ढुंगाना लगायतको अभियानले सहयोग रकम संकलन गरेर गाउँका संक्रमितका लागि पठाइएको पञ्चपुरीका युवा विष्णु रिमालले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया