समाज

इन्द्रजात्रा समारोहमा बालेनको तस्बिर अंकित टिसर्ट लगाउनेलाई प्रहरीले बाहिर निकाल्यो

इकागज |
असोज १, २०८१ मंगलबार १४:१३ बजे

काठमाडौँ- इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा मेयर बालेन्द्र साह बालेनको तस्बिर अंकित टिसर्ट लगाएर उपस्थित भएका युवायुवतीलाई समारोहस्थलबाट निकालिएको छ । 

प्रहरीले उनीहरूलाई समारोह स्थलबाट निकालेको हो । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने यस समारोहमा उनको विरोध हुनसक्ने विषयलाई ध्यानमा राख्दै प्रहरीले उनीहरूलाई हटाएको बुझिएको छ ।


काठमाडौँ महानगरले इन्द्रजात्राको अवसरमा आयोजना गर्ने विशेष समारोहमा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने गर्दछ । अघिल्लो वर्षको कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीको उपस्थिति युवायुवतीहरूले बालेनको जयजयकार गरेका थिए ।

यसपालि भने बालेनको उपस्थिति निश्चित रहेको छैन । उनी भारत गएकाले आज यस कार्यक्रममा उपस्थिति अनिश्चित बनेको हो ।


Author

थप समाचार
x