समाज

बाग्मती नदीमा विश्वकर्माको मूर्ति विसर्जन (तस्बिरसहित)

अनुज बज्राचार्य |
असोज २, २०८१ बुधबार १८:४५ बजे

तस्बिर : अनुज बज्राचार्य

काठमाडौँ -    मंगलबार पूजा गरिएका मुर्ति तथा तस्बिर आज नदीमा लगी सेलाउने गरिन्छ । बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति शुद्धस्थलमा लगी सेलाउने प्रचलन छ । चोभारस्थित बाग्मती नदीमा मंगलबार पूजा गरिएका विश्वकर्माको मूर्ति आज विसर्जन गरिएको छ । 

विश्वकर्माको पूजाको  दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।


 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x