समाज

नेपाली सेनाको अगुवाईमा रौतहटमा ७ हजार वृक्षारोपण

इकागज |
असोज ४, २०८१ शुक्रबार १८:३३ बजे

रौतहट - रौतहटमा नेपाली सेनाको अगुवाइमा वृक्षारोपण गरिएको छ ।

​संविधान दिवसको अवसर पारेर नेपाली सेनाको अगुवाइमा रौतहटको चुरे क्षेत्रमा विभिन्न प्रजातिका सात हजार बिरुवा रोपिएको हो ।


संघीय संसद देव प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा चन्द्रपुर नगरपालिका ८ मरधर  धार्मिक वन क्षेत्र भित्र आयोजित वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा सिसौं, खयर, अमला, सतिसाल,मलेसियन साल, ईमली , बेल,रुद्राक्ष र विभिन्न जातको आँपको गरी  सात हजार बिरुवा रोपिएको छ ।

नेपाली सेना वीर दल गण गौरको आयोजना र चाँदी धार्मिक वन व्यवस्थापन समितिसँगको सहकार्यमा उक्त वृक्षारोपण गरिएको हो । चुरे भावर क्षेत्र संरक्षणमा नेपाली सेनाले अग्रसरता देखाउँदै संविधान दिवसको अवसर पारेर मरधर धार्मिक वन क्षेत्रमा वृहत् वृक्षारोपण गरिएको छ ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रदेश सांसद युवराज भट्टराई तथा श्री  २८ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी  राजेन्द्र मणि गिरीको उपस्थिति रहेको थियो ।

चुरे क्षेत्र संरक्षणमा नेपाली सेनाको सहयोग बढाउने उद्देश्यले उक्त वृहत् वृक्षारोपण गरिएको  नेपाली सेना विरदल गणका  प्रमुख कर्णेल किशोर अधिकारीले बताएका छन् ।

कार्यक्रममा सहायक सिडियो नरेस प्रसाद यादव, रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरे, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईँ, राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह, डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साह, चाँदी धार्मिक वन व्यवस्थापन समितिका अध्यक्ष तुलसी राज गिरी, जनप्रतिनिधीहरू, नेपाल राष्ट्रिय भूतपुर्व संघका पदाधिकारीहरु, लगायत विभिन्न क्षेत्रसँग आबद्ध गरी करिब पाँच सय जना मानिसको सहभागिता रहेको थियो ।


Author

थप समाचार
x