समाज

मेडिकल व्यवसायी दुर्गा प्रसाईं घरबाटै पक्राउ

इकागज |
असोज ६, २०८१ आइतबार १६:२७ बजे

फाइल फाेटाे

काठमाडौँ - मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरमा रहेको उनकै घरबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । 

विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि साइबर ब्यूरोबाट खटिएको टोली र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको स्रोतले बतायो । 


​भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारमा रहेको उनको घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेको थियो । जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।


Author

थप समाचार
x