समाज

दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

इकागज |
असोज ६, २०८१ आइतबार १९:४५ बजे

फाइल फाेटाे

काठमाडौँ - पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको थियो । 


साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।
 


Author

थप समाचार
x