समाज

काठमाडौँमा सार्वजनिक यातायात खुल्यो, यस्तो छ निषेधाज्ञाबारे नयाँ आदेश

इकागज |
असार १४, २०७८ सोमबार १२:२८ बजे

फाइल तस्बिर

काठमाडौँ : काठमाडौँ उपत्यकामा २५ सिट क्षमता बढी भएका सार्वजनिक यातायातका सवारीसाधन चल्न पाउनेगरी निषेधाज्ञा खुकुलो भएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख ढुण्डीप्रसाद निरौलाका अनुसार बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् ।

जनस्वास्थयका मापदण्ड पालना गरी सञ्चालन दिने निर्णय भएको निरौलाले इकागजलाई जानकारी दिए । 'जोर-बिजोर नम्बर प्रणालीका आधारमा सवारीसाधन सञ्‍चालनमा आउनेछन,' निरौला भने ।


खाद्यान्न पसल खोल्ने समय थप गर्ने विषयमा समय तालिका तयार नभइसकेको निरौलाको भनाइ छ । यो सँगै उपत्यकामा निषेधाज्ञा थप खुकुलो हुँदै गएको छ । दोस्रो लहरको कोभिड-१९ को संक्रमण बढेपछि वैशाख १६ गतेदेखि  निषेधाज्ञा जारी गरिएको थियो ।


Author

थप समाचार
x