समाज

काठमाडौं महानगरपालिकामा प्रदीपको परियारको ठाउँमा आए सरोज गुँरागाई

इकागज |
असोज ७, २०८१ सोमबार १५:२८ बजे

काठमाडौँ- प्रमुख प्रशासकीय अधिकृतको रुपमा काठमाडौँ महानगरपालिकामा सरोज गुरागाईँले पदबहाली गरेका छन् । सोमबार उनले आफ्नो पहिलो दिनमा प्रशासन विभागका प्रमुखको अधिकार प्रत्यायोजन पत्रमा हस्ताक्षर गर्दै कर्तव्य पालनाको सुरुवात गरेका हुन् ।

गुरागाईँ २०५१ साल पुस १९ गते शाखा अधिकृत पदबाट संघीय निजामती सेवामा प्रवेश गरेका थिए । पछिल्लो दुई वर्षदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘समृद्धि आयोजना’ को प्रमुखका रुपमा कार्यरत थिए।


महानगरमा पदबहाली गर्दै उनले नेतृत्वको प्रतिष्ठा र ओजले काठमाडौँको गौरव वृद्धि भएको र यस गौरवलाई थप उचाइमा पुर्‍याउन आफूले काम गर्ने बताए । उनको तीन दशकभन्दा लामो सरकारी सेवामा, उनले स्थानीय विकास मन्त्रालयमा २४ वर्ष, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २ वर्ष र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा १० वर्ष सेवा गरेका छन् ।

गुरागाईँले काठमाडौं महानगरको प्रतिष्ठा जोगाउँदै, आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्य व्यक्त गरे। निवर्तमान प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।


Author

थप समाचार
x