समाज

प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट

इकागज |
असोज ७, २०८१ सोमबार १८:४५ बजे

काठमाडौँ- प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता  भएको छ ।

सोमबार प्रधान सेनापति र नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सईद मुबारक जारवान अल शम्सीबीच पनि जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।


उक्त भेटवार्तामा आपसीहित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशबीच रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ । -रासस


Author

थप समाचार
x