समाज

दुर्गा प्रसाईं अस्पतालबाट डिस्चार्ज

इकागज |
असोज ८, २०८१ मंगलबार १७:२० बजे

फाइल फाेटाे

काठमाडौँ -  मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । पक्राउ परेकै दिन प्रसाईको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो ।​

प्रसाईलाई उच्च रक्तचापको समस्या देखा परेको थियो । प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारमा राख्ने तयारी भइरहेको बताइएको छ ।


प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईंलाई अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।


Author

थप समाचार
x