खोला किनारामा २० मिटर मापदण्ड खारेजको माग गर्दै माइतिघरमा विरोध
काठमाडौँ- उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध बिहीबार काठमाडौँमा प्रदर्शन गरिएको छ । खोला नदीको मापदण्ड खारेज गर्नुपर्ने भन्दै गैर न्यायीक सडक तथा मापदण्ड पिडित संघर्ष समितिले काठमाडौँमा प्रदर्शन गरेको हो ।
उनीहरूले खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन, गैर न्यायिक नदी थप २० मिटर मापदण्ड खारेज गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
संघर्ष समितिका संयोजक सुमन सायमीले खोला नदीको मापदण्ड खारेज गर्दै जनतालाई न्याय दिनुपर्ने भन्दै प्रदर्शन गरिएको जानकारी दिए ।
मापदण्ड कायम गर्ने सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसला कार्यान्वयन गर्न नसकिने भन्दै सरकारले पुनरावलोकन निवेदन दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया