समाज

हाम्रो टिम नेपालले प्रयोग गर्दै आएको सरकारी जग्गा खाली गराइयो

इकागज |
असार १४, २०७८ सोमबार १६:२३ बजे

काठमाडौँ : महानगरपालिकाले हाम्रो टिम नेपालले प्रयोग गर्दै आएको अनामनगरको सरकारी जग्गा खाली गराएको छ । अनामनगरको युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र पटक-पटक ताकेता गर्दा पनि खाली नगरको भन्दै महानगरले जग्गा खाली गराएको हो । 


सो क्रममा महानगरले उक्त जग्गामा रहेको टहरा समेत भत्काएको छ । खाली गराउने क्रममा प्रहरीले हाम्रो टिम नेपालका अभियन्ता विमल पन्तलगाएतका अभियान्ताहरूलाई नियन्त्रणमा लिएको छ । उक्त जग्गा प्रयोगका बारेमा स्थानीय र हाम्रो टिम नेपालबीच विवाद समेत भएको थियो । हाम्रो टिम नेपालले निषेधाज्ञाका समयमा विपन्न नागरिकहरूलाई खाना खुवाउने अभियान सञ्चालन गर्दै आएको थियो ।


Author

थप समाचार
x