समाज

नक्खु खोलाले बगाउँदा चार जना बेपत्ता

इकागज |
असोज १२, २०८१ शनिबार १०:२९ बजे

काठमाडौँ- नक्खु खोलाले बगाउँदा चार जना बेपत्ता भएका छन् । शनिबार बिहान सबा ९ बजे ललितपुर महानगरपालिका- १४ नखीपोटका चार जनालाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बाढीमा बेपत्ता भएकामा एक बालकसहित दुई पुरुष र एक महिला रहेका छन् । 


नदीको बीचमा रहेको टहरोमाथि लामो समयसम्म बसेर उद्धारको गुहार लगाएका उनीहरुको समयमा उद्धार नहुँदा नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।    

अहिले उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । 


Author

थप समाचार
x