समाज

पर्वतमा पाँच दिनदेखि आमाछोरी बेपत्ता

इकागज |
असोज १२, २०८१ शनिबार १५:२ बजे

सांकेतिक फोटो

पर्वत - फलेवास नगरपालिका–१ कार्कीनेटाका आमाछोरी पाँच दिनदेखि सम्पर्क विहीन भएका छन् । घर पोत्ने रातो माटो खन्न गत मङ्गलबार साँझ घरबाट निस्किएका ३२ वर्षीया गङ्गा पौडेल र आठ वर्षीया दिपीका पौडेल बेपत्ता भएका हुन् । 

स्थानीय कार्कीनेटा बजारमा गङ्गा बिजुली पसल सञ्चालन गर्दै आएका श्रीमान् दीपक शर्मा विद्युत् मर्मत गर्न गाउँतर्फ गएका बेला उनीहरू घर पोत्ने माटो खन्न भीरमुनि भन्ने ठाउँमा गएका थिए ।


अबेरसम्म घर नफर्किएपछि आफन्त, इष्टमित्र मिलेर खोजी गरिएको थियो । पाँच दिनदेखि बेपत्ता उनीहरू हालसम्म फेला नपरेका गङ्गाका श्रीमान् शर्माले बताए । । बेपत्ता आमाछोरीको खोजी गर्न प्रहरीमा उजुरी दिनुका साथै सबै संयन्त्र प्रयोग गरिएको उहाँले उल्लेख गरे । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बेपत्ता आमाछोरीको हुलियासहित खोजी कार्य भइरहेको बताए ।  प्रहरीका सबै संयन्त्र परिचालन गरी खोजी भइरहेको छ । 
 


Author

थप समाचार
x