समाज

झ्याप्ले खोलामा पहिरो पन्छाउँदा भेटियो तीन शव

इकागज |
असोज १३, २०८१ आइतबार १०:२९ बजे

काठमाडौँ- नौबिसे-नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा थप तीन वटा शव भेटिएको छ । आइतबार बिहान पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा तीन जनाको शव भेटिएको हो ।

झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएकाले निकाल्नेक्रम जारी छ ।


शनिबार झ्याप्ले खोलामा पहिरोमा पुरिएका १४ जनाको शव निकालिएको थियो । नेपाल प्रहरीका केन्द्रीय सह-प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले १४ जनाको शव निकालिएको जानकारी दिएका थिए ।

यसैबीच गोरखाको लापुबेसिबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस सम्पर्कविहीन भएको छ ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौँका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिलेसम्म पनि सम्पर्कमा नआएको बताइएको छ ।

गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजेसम्म खानिखोलासम्म सम्पर्कमा रहे पनि त्यसपछि कोहि कसैसँग सम्पर्क भएको छैन् । उत्त बसमा कति यात्रु थिए भन्नेबारे पनि यकिन भएको छैन् ।


Author

थप समाचार
x