समाज

कोशी ब्यारेजको जलसतह आधा घट्यो

इकागज |
असोज १३, २०८१ आइतबार १७:४० बजे

सुनसरी - सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह घट्ने क्रममा रहेको छ । यद्यपि अहिले पनि खतरनाक विन्दु पनि पारको अवस्थामा रहेको सप्तकोशी जलमापन केन्द्रले जानकारी दिएको छ ।

आइतबार अपरान्ह साढे ४ बजेसम्मको अपडेट अनुसार सप्तकोशीमा ३ लाख ५० हजार ३७० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ । अहिले पनि ब्यारेजका सबै ५६ ढोका खोलिएको छ  ।


यस बर्ष कोशी ब्यारेजमा पाँच दशकमै सबै भन्दा बढी जलसतह मापन गरिएको छ । आज बिहान जलसतह ६ लाख ६१ हजार क्युसेक प्रतिसेकेण्डसम्म पुगेको थियो ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झण्डा र बत्ती बाल्ने गरिएको छ ।


Author

थप समाचार
x