समाज

नागढुङ्गामा सवारीसाधनको लामो लाइन

इकागज |
असोज १३, २०८१ आइतबार १८:४४ बजे

फाइल फाेटाे

काठमाडौँ - संघीय राजधानी काठमाडौं आवतजावत गर्ने मुख्य नाका अवरुद्ध भएपछि उपत्यका बाहिरिने सवारीसाधनको नागढुङ्गामा लामो लाइन लागेको छ । 

अविरल वर्षासँगै गएको पहिरोले झ्याप्लेखोलामा पहिरो गएपछि उपत्यका छाड्ने सवारीसाधानहरु नागढुङ्गामा रोखिएका हुन् । बिशेषगरि नेपाल भ्रमणमा आएका भारतीय पर्यटक चढेका गाडीहरू नागढुङ्गामा रोकिएका छन् । नागढुङ्गामा भेटिएका भारतीय पर्यटकहरुले सडक अवरुद्ध हुदा दुई दिनदेखि रोकिनुपरेको गुनासो गरे । उनीहरुले छिटै सडक खुल्ला हुने र गन्तव्यतर्फ जाने विश्वास व्यक्त गरे । 


सो खण्डका सडक अवरुद्ध भएपनि काठमाडौं भित्रने सवारीसाधनको पनि धादिङमा लामो लाइन छ । केही यात्रुहरु भने पैदलै काठमाडौं प्रवेश गरेका छन् । 


Author

थप समाचार
x