समाज

सुजिताको हत्याबारे छानबिन गर्न महिला आयोगको माग

इकागज |
असार १४, २०७८ सोमबार २०:९ बजे

काठमाडौँ : राष्ट्रिय महिला आयोगले महोत्तरीको लोहारपट्टी नगरपालिका ७ की २६ वर्षीय सुजिता ठाकुरको शव खेतको खाल्डोमा भेटिएकोबारे सत्य तथ्य छानबिन गर्न माग गरेको छ । पीडितलाई न्याय दिइ दोषीलाई यथाशिघ्र कानुनको दायरामा ल्याउन आयोगले आग्रह गरेको छ ।

ठाकुर जेठ १९ गतेबाट बेपत्ता भएकी थिइन् । उनको माइती पक्षले देवर रुपेश ठाकुर, देउरानी रोमा ठाकुर र ससुरा पतिराम ठाकुरसहितले हत्या गरेको निवेदन  दर्ता गरेको आयोगले जनाएको छ ।


गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र जिल्लास्थित प्रहरी प्रशासनसँग समेत पटक-पटक समन्वय गरी सोही आधारमा राष्ट्रिय महिला आयोगबाट असार ४ गत सदस्य विद्या कुमारी सिन्हाको नेतृत्वमा गएको अनुगमन टोलीले घटनाको स्थलगत अनुगमन गरेको थियो ।

प्रहरी प्रशासनले घटनाको जाहेरी दर्ता गर्न अस्वीकार गरिरहेको अवस्थामा आयोगको पहलमा प्रदेश २ स्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतको समन्वय र सहयोगमा जाहेरी दर्ता गराएको थियो । आयोगको निर्देशनको आधारमा प्रहरी प्रशासनले खोजी कार्य अघि बढाएको थियो ।

 

 


Author

थप समाचार
x