समाज

दाउन्नेमा सडक भासियो, सडक पूर्णरुपमा अवरुद्ध

इकागज |
असोज १४, २०८१ सोमबार १९:४७ बजे

परासी - पूर्व-पश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भाँसिएको छ । 

बर्दघाट नगरपालिका-४, खुसार्नी खोलामा वर्षाको कारण हाइटेन्सन लाइनको पोल ढलेको र सडक किनारको केही भाग भासिएको प्रहरीले जानकारी दिएको छ ।


सडक भासिएको र पोल ढलेको कारण यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।

यातायात अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय र विद्युत कार्यालय नवलपरासीसँग समन्वय गरेर अवरोध हटाउने काम भइरहेको जनाएको छ । 


Author

थप समाचार
x