समाज

रात्रि बस चल्न थाले

इकागज |
असोज १४, २०८१ सोमबार २०:३ बजे

काठमाडौँ - त्रिभुवन राजपथ अन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि सोमबारबाट रात्रि बस सञ्चालनका लागि अनुमति दिइएको छ । 

रात्रि बस सञ्चालनका लागि अनुमति दिएसँगै काठमाडौं नयाँ बसपार्कबाट रात्रि बस छुटेका छन् । बाटो बन्द भएपछि उपत्यका बाहिर जान नपाएका यात्रुहरू रात्रि बस सञ्चालन भएसँगै बसपार्क पुगेका थिए ।


सोमबार ठूलो संख्यामा रात्रि बस नागढुङ्गा हुँदै बाहिरएका छन् । 


Author

थप समाचार
x