समाज

धादिङको मलेखुमा सुख्खा पहिरो: सडक पूर्णरुपमा अवरुद्ध, राति पन्छाउन नसकिने

इकागज |
असोज १४, २०८१ सोमबार २१:१९ बजे

फाइल फाेटाे

काठमाडौँ - पृथ्वी राजमार्ग पहिरोले पूर्ण अवरुद्ध भएको छ ।

धादिङको मलेखु नजिक परेवा भिरमा आएको पहिरोका कारण सडक दुईतर्फी बन्द भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।


सोमबार साँझ साढे ७ बजे गएको पहिरो पन्छाउन सुरक्षा निकाय खटिरहेको भएपनि रातिनै पन्छाउन नसकिने अवस्था रहेको प्रहरीले जानकारी दिएको छ ।

साथै प्रहरीले सम्पूर्ण सवारी चालकहरूले आ-आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी राख्न अनुरोध गरेको छ ।


Author

थप समाचार
x