समाज

काभ्रेमा अलपत्र परेका १४८ यात्रुलाई सशस्त्रको गाडीमा काठमाडौँ ल्याइयो

इकागज |
असोज १४, २०८१ सोमबार २१:३० बजे

काठमाडौँ - काभ्रे जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका १ सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौं ल्याएको छ ।

सोमबार बिहान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएको तीन वटा बसले धुलिखेलबाट करीब १५ किलोमिटर पूर्व दाहाल डाँडा भन्ने ठाउँबाट १३ जना महिला ४९ पुरुष र ३ जना बच्चा गरी ६५ जनालाई काठमाडौँतर्फ ल्याएको छ । यसैगरी काभ्रेको विभिन्न ठाउँबाट हेलिकोप्टर मार्फत धुलिखेल ल्याइएका ४२ जना महिला, ३३ पुरुष र ८ जना बच्चा गरी ८३ जनालाई काठमाडौंतर्फ ल्याइएको छ ।


विभिन्न ठाउँमा अलपत्र परेका व्यक्तिहरूको उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट तीन वटा बससहित तीनवटै सुरक्षा निकायले संयुक्त रुपमा कार्य गरिरहेका छन् ।  


Author

थप समाचार
x