समाज

तीन दिनपछि बेपत्ता बालकको शव फेला

इकागज |
असोज १४, २०८१ सोमबार २१:५३ बजे

सांकेतिक फोटो

सर्लाही - सोती खोलाले बगाएको बालकको शव तीन दिनपछि फेला परेको छ । 

गत असोज १२ गतेको अविरल वर्षापछि सोती खोलामा आएको भेलमा बगी बागमती नगरपालिका–९, सोगारत महतोका १४ वर्षीय छोरा मुकेश बेपत्ता भएका थिए ।


बेपत्ता बालकको निरन्तर खोजी गर्ने क्रममा आज शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।  

बालकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भएको प्रहरीले जनाएको छ । 
 


Author

थप समाचार
x