झ्याप्ले खोलामा मर्मतपछि सवारी साधन दुईतर्फी चल्न थाल्यो
काठमाडौँ - धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द गरेर मर्मत गरिएको सडक केहीबेर अघि दुईतर्फी संचालनमा आएको हो ।
यस अघि २ बजेसम्मका लागि पूर्ण रुपमा सडक बन्द गरेर सडक मर्मत शुरु गरिएपनि केहीबेर अघिबाट मात्र सडक खुलेको थियो ।
सडक बन्द हुँदा काठमाडौँ बाहिरिने सवारी साधन अझै नाग ढुङ्गामा लामो जाम लागेको थियो । अहिले भने विस्तारै सवारी साधनलाई जान दिइएको छ । प्रहरीले लेन नामिचेर सवारी साधन चलाउन आग्रह गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया