समाज

सिस्नेरी-छैमले सडक खण्डमा अड्किएका २ सय बढी सवारीको उद्धारमा जुटे प्रदेश भौतिक मन्त्री मास्के

इकागज |
असोज १५, २०८१ मंगलबार १७:११ बजे

काठमाडौँ- गत शुक्रबारदेखि हेटौंडा-कुलेखानी–सिस्नेरी–छैमले-काठमाडौँ सडकअन्तर्गत छैमले खण्डमा अड्किएका र अलपत्र परेका सयौँ सवारी साधनको उद्धार गरिएको छ । 

अविरल वर्षासँगै आएको पहिरोले सडकमार्ग अवरुद्ध भएका कारण सवारी साधन बीच बाटोमै अलपत्र परेका थिए । अहिले करिब २ सयभन्दा धेरै अलपत्र परेका सवारी साधनलाई छैमलेको बाटो खुलाएर गन्तव्यमा पठाउन लागिएको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री अमर मास्केले जानकारी दिए ।


उनले भने, 'काठमाडौँ जानका लागि छुटेका गाडीहरू हेटौंडा हुँदै सिस्नेरीभन्दा माथि आइसकेपछि अस्ति शुक्रबारदेखि अड्किएका थिए । अहिले छैमलेको केराबरीको ठूलो पहिरो हटाउँदैछौँ । र, पहिरोको बीचमा फसेका सबै सवारी साधनलाई काठमाडौँ पठाउँछौँ ।'

मन्त्री मास्केको अगुवाइमा बिहानैदेखि टोली सडक सञ्चालनमा खटिएको छ । मन्त्री मास्के आफैँ सडक खुलाउन र उद्धारमा लागेका हुन् । उनीसँगै मन्त्रालयका सचिव, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीलगायतको सहभागिता रहेको छ ।


Author

थप समाचार
x