समाज

रिहा भएपछि दुर्गा प्रसाईले भने- एक थोपा रगत हुन्जेल लड्छु

इकागज |
असोज १५, २०८१ मंगलबार २१:७ बजे

काठमाडौँ -  मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छुटेका छन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले प्रसाईलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि प्रसाई मंगलबार साँझ रिहा भएका हुन् ।​


प्रसाईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ भने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो ।

रिहा भएपछि प्रसाईले आफू शरीरमा एक थोपा रगत हुन्जेल आम जनताको लडाई लड्ने बताएका छन् । उनले आफूलाई वीर अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गरिएको आरोप लगाउँदै आफूले नेपालकै ठूलो अस्पताल चलाइरहेको बताए । 


Author

थप समाचार
x