समाज

हनुमानढोकाको दशैँ घरमा शुभ साइतमा राखियो जमरा

इकागज |
असोज १७, २०८१ बिहीबार १०:३७ बजे

काठमाडौँ- काठमाडौँको वसन्तपुरस्थित हनुमान ढोकाको दशैँ घरमा विधिवत रुपमा जमरा राखिएको छ । बिहीबार बिहान ९:१६ बजेको शुभ साइतमै जमरा राखिएको हो ।

बिहीबारदेखि नवरात्र सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा जमरा राख्ने गरिन्छ । सोहीअनुसार हनुमान ढोकाको दशैँघरमा पनि आइतबार शुभसाइतमै जमरा राखिएको हो । जबरा राख्दा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए । साथै बन्दुक पड्काएर बढार्इं पनि गरिएको छ ।


नवरात्रीभर महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ ।


Author

थप समाचार
x