समाज

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

इकागज |
असोज १७, २०८१ बिहीबार १७:४६ बजे

तस्विरः फाइल फोटो

कञ्चनपुर- भीमदत्त नगरपालिका-१४ बनकट्टीस्थित अमर सिंह कुँवरको कुखुरा फर्मभित्र जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१४ बस्ने ३६ वर्षीय राजेन्द्र खाती समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार ४ सय ७० रूपैयाँ र १ बुक सहित पक्राउ गरेको हो । 


दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँबसपार्कस्थित ४० वर्षीय बोधधन रोकाको कुमारी होटलमा जुवातास खेलिरहेको अवस्थामा रोका समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ४ सय ५५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Author

थप समाचार
x