समाज

पठाओ वार्षिक सम्मानमा ३९  जना सम्मानित

इकागज |
असोज २०, २०८१ आइतबार २१:१७ बजे

काठमाडौँ - पठाओ नेपालले पठाओ दशैँ महोत्सव २०८१ तथा वार्षिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। 

काठमाडौँमा ‘पठाओ वार्षिक सम्मान कार्यक्रम २०८१’  आयोजना गर्दै पठाओले पछिल्लो आर्थिक वर्षमा उत्कृष्ट सेवा प्रदान गर्ने आफ्ना राइडर, क्याप्टेन, डेलिभरी हिरो, पार्सल हिरो, रेस्टुरेन्ट, पार्सल मर्चेन्ट र पार्टनरहरूको योगदानलाई सम्बोधन गरेको कम्पनीका प्रबन्ध निर्देशक असिम मानसिंह बस्न्यातले बताए ।


मानिसको दैनिकी तथा जीवनयापनमा सहज बनाएको भन्दै पठाओलाई विभिन्न व्यक्तित्वहरू मार्फत धन्यवाद आइरहेको उनले बताए । उनले यसको सबै श्रेय आफ्ना मेहनती तथा लगनशील चालक, क्याप्टेन तथा हिरोहरुलाई जाने बताए । 

कार्यक्रममा कम्पनीले फरक क्षमता भएका चालकहरूलाई उनीहरूको साहस र योगदानका लागि सम्मान समेत गरेको छ ।

पठाओ नेपालले उत्कृष्ट चालकहरूलाई विभिन्न वर्गमा सम्मानित गरेको छ। सबैभन्दा कान्छा चालक सुमन बाबु मगरातीले ‘द राइजिङ राइडर अवार्ड’ पाएका छन्। यस्तै प्रेम बहादुर खड्काले बेस्ट पफर्मर भई ‘द स्टार मेल राइडर अवार्ड’ पाएका छन्। तीर्थ बहादुर बिष्टले हाइएस्ट राइड लिएका कारण द टायरलेस राइड अवार्ड पाएका छन् । 

कम्पनीका अनुसार सुदन अधिकारीले सबैभन्दा बढी रेटिङ पाएर ‘युजर्स फेभराइट राइडर अवार्ड’  पाएका छन्। बिमल श्रेष्ठले द लङ्गेस्ट इन प्ल्याटफर्म भएका कारण ‘द भेटेरन राइडर अवार्ड’ पाएका छन्। साथै श्यामबहादुर चौधरीले नो सस्पेन्सनका कारण द अनरेबल राइडर अवार्ड पाएका छन् । 

यस्तै सुमन खड्कीले मस्ट एक्टिभ डेज अर्थात् सबैभन्दा धेरै सक्रिय भएका कारण ‘द डेडिकेटेड राइडर अवार्ड’  पाएका छन्।

महिलातर्फ बेस्ट राइडरका रूपमा ओम कुमारी चेम्जोङले ‘द स्टार फिमेल राइडर अवार्ड’ पाएकी छिन्।  यस्तै पोषबहादुर खत्रीले ओल्डेस्ट राइडरका रूपमा ‘द सेनियर राइडर अवार्ड’ पाउँदा ४७ वर्षकी महिला राइडर सरस्वती महर्जनले ‘सोसल कज’ अन्तर्गत ‘द हेल्पङ ह्यान्ड अवार्ड’ पाएकी छिन्। उनीहरूलाई कम्पनीका निर्देशक शशांक शमशेर थापाले सम्मानित गरेका थिए।

कम्पनीले चालकहरूलाई जस्तै आफ्ना क्याप्टेनलाई पनि विभिन्न किसिमका सम्मान तथा अवार्ड प्रदान गरेको छ। जस अन्तर्गत किशोर गिरीले सबैभन्दा कम उमेरको क्याप्टेन भई द राइजिङ क्याप्टेन अवार्ड पाएका छन् ‌।

यस्तै तुलाबहादुर श्रेष्ठले बेस्ट पफर्मर भई ‘द स्टार मेल क्याप्टेन अवार्ड’ पाएका छन्। यस्तै खड्कबहादुर ढकालले सर्वाधिक राइड  राइड लिएर ‘द टायरलेस क्याप्टेन अवार्ड’ पाउँदा कैलाश ढुंगेलले सर्वाधिक रेटिङ पाएर ‘युजर्स फेभराइट क्याप्टेन अवार्ड’ पाएका छन् ।

पश्चिनारायण तामाङले सर्वाधिक सिआर कायम गरी द एनर्जेटिक क्याप्टेन अवार्ड पाएका छन्। यस्तै जनकलाल श्रेष्ठले लङ्गेस्ट अन प्लेटफर्म भएका कारण द भेटरान क्याप्टेन अवार्ड पाउँदा राजेश तामाङले नो सस्पेन्सनका कारण अवार्ड पाएका छन् । खरुणा तामाङ भण्डारीले बेस्ट फिमेल क्याप्टेन भई द स्टार फिमेल क्याप्टेन अवार्ड पाएकी छिन्। यस्तै बोलबहादुर खड्काले ओल्डेस्ट क्याप्टेनका रूपमा द सेनियर क्याप्टेन अवार्ड पाएका छन्।

कम्पनीले पठाओ हिरोहरूलाई समेत अवार्ड प्रदान गरेको छ। जस अन्तर्गत नरेन्द्रकुमार तामाङले बेस्ट पर्फर्मेन्स पठाओ हिरो भई द स्टार मेल पठाओ हिरो अवार्ड पाएका छन्। 

सञ्जय खवासले बेस्ट पर्फर्मिङ पठाओ हिरो अन बाइक भई भई द टप पठाओ हिरो अवार्ड पाएका छन् । केदार बहादुर लुङ्गेली मगरले बेस्ट पफर्मिङ पठाओ हेरो अन साइकल भई द बेस्ट पफर्मिङ पठाओ हिरो अवार्ड पाएका छन् । 

राजन ढुङ्गानाले बेस्ट कम्युनिकेसनका कारण द सुपरस्टार पठाओ हिरो अवार्ड पाएका छन्। यस्तै गाजल अमिनले बेस्ट फिमेल पठाओ हिरो भई द स्टार फिमेल पठाओ हिरो अवार्ड पाएकी छन् । रमेश थापा मगरले हाएस्ट अर्डर पूरा गरी द टायरलेस पठाएर अवार्ड पाउँदा बमबहादुर बुढाले हाइएस्ट सिआर कायम गरी अवार्ड पाएका छन् । 

यस्तै गोपालराज बिकले लङ्गेस्ट इन प्लेटफर्म भई द भेटरान पठाओ हिरो अवार्ड पाउँदा गङ्गाबहादुर राईले हाएस्ट एक्टिभ डेज पूरा गरी द डेडिकेटेड पठाओ हिरो अवार्ड पाएका छन्। यस्तै कृष्णराज गुरुङले हाइएस्ट रेटेड पठाओ हिरो भई ‘युजर्स फेभराइट पठाओ हिरो अवार्ड पाएका छन् । 

लोगराज शर्माले पुरुषतर्फ सर्वाधिक फुड अर्डर पठाओ हिरो वाकर भइ ‘द जोय गिभर मेल पठाओ हिरो अवार्ड पाउँदा महिलातर्फ पूजा अवस्थीले हाइएस्ट अर्डर पठाओ हिरो वाकर भई  ‘द जोय गिभर फिमेल पठाओ हिरो अवार्ड’ पाएकी छन् ‌। 

कम्पनीले फरक क्षमता भएका राइडर पुनम मिश्र, बलराम तामाङ र राजेन्द्र मगरलाई सम्मान तथा प्रोत्साहनका लागि रेजिलिन्स अवार्ड प्रदान गरेको छ।

यस्तै कार्यक्रम सञ्चालक जय प्रधानले पछिल्लो ६ वर्षमा पठाओका समर्थकहरुले दिएको उल्लेखनीय योगदानले पठाओको वृद्धि र सफलतालाई कसरी अगाडि बढाएको छ भन्ने कुरामा जोड दिएका थिए। 

१५ जनाले पाए पठाओ‌ बेनिफिट कार्यक्रमबाट सहयोग

कार्यक्रममा  पठाओ‌ बेनिफिट प्रोग्रामको लाभ उठाउन योग्य भएर स्कलरशिप र बेडरेस्ट एलोभेन्स पाएका चालकहरुलाई पठाओ नेपालका निर्देशक जेनिस रन्जितले सम्मान गरेका थिए। 

जसमा चालकहरु चोकबहादुर किंगरिङ, ज्ञानबहादुर चौहान, निर्मल सापकोटा, सुशील कुमार लिम्बु, बुद्ध घले, निर्मल तामाङ, ज्ञानप्रसाद राजठाला, घनश्याम खत्री, पन्चे विश्वकर्मा र श्यामकुमार ठोकर जनही १० /१० हजार रुपैयाँ छात्रवृत्ति स्वरूप प्राप्त गरे। 

यस्तै चालक चन्द्रबहादुर श्रेष्ठ, राम महर्जन, भीमबहादुर लिम्बु र मुकुन्दराज थापाले प्रतिव्यक्ति २०/२०  हजार रुपैयाँ छात्रवृत्ति स्वरूप प्राप्त गरे। 

यस्तै कम्पनीले पठाओ क्याप्टेन पासाङ तामाङलाई २० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको जानकारी दिएको छ। जसले पठाओको चालकको शिक्षामा लगानी गर्ने प्रतिबद्धतालाई प्रष्ट पारेको कम्पनीले जनाएको छ।

पठाओ नेपालले आफ्नो फुड डेलिभरीमा सहकार्य गर्ने रेस्टुरेन्टहरुलाई समेत सम्मान तथा अवार्ड प्रदान गरेको छ। जस अन्तर्गत फति’ज् बिर्यानी झम्सिखेल्ले हाइएस्ट अर्डर पूरा गरेकाले ‘अर्डर च्याम्पियन अवार्ड’ पाएको छ।

यस्तै केएफसीले हाइएस्ट अर्निङ गरी रेभिन्यु रोयल्टी अवार्ड पाएको छ। यस्तै ला पिज्जा पिज्जाले हाइएस्ट रेटिङ लिएर फाइभ स्टार फियस्ट अवार्ड पाएको छ। यस्तै स्यानको कट्टी रोलले लोएस्ट क्यान्सलेसन भएर सिमलेस सर्भिस अवार्ड पाएको छ ।

पठाओ नेपालले विभिन्न पार्सल मर्चेन्टलाई समेत अवार्ड प्रदान गरेको छ। जस अन्तर्गत नेप एसेन्थेटिक प्रालिले बेस्ट कन्ट्रिब्युट भएर टप पार्टनरसिप अवार्ड पाएको छ। यस्तै सेभेन मल्टी ट्रेडिङ प्रालीले आउटस्ट्यान्डिङ सर्भिस रेकर्ड गरेर सर्भिस एक्सलेन्स अवार्ड पाएको छ। यस्तै गुण परि नेपाल प्रालीले एक्सेप्सनल क्यान्सलेसन कन्ट्रोल गरी अप्रेसनल एक्सलेन्स अवार्ड पाएको छ। सो अवार्ड पठाओ नेपालकी निर्देशक सुरक्षा हमालले प्रदान गरेकी थिइन्। 

पार्सल हिरोहरूमा सुवास देवान, खड्ग बहादुर खड्का र राजेन्द्र मगरले ओल्डेस्ट ईन प्लेटफर्म भई द भेट्रान पार्सल हिरो अवार्ड पाएका छन्।

कम्पनीले इन्सुरेन्स पार्टनर हिमालयन इन्सुरेन्स, पेमेन्ट पार्टनर छिटो पैसा प्रालि र यो आर्थिक वर्षको आफ्नो टु ह्विलर  पार्टनर स्याकार ट्रेडिङ कम्पनी प्रालिलाई सम्मान गरेको छ।

कार्यक्रमको एउटा भावुक क्षणमा श्याम चौधरीलाई सम्बोधन गरिएको थियो । जसले आफ्नो कार्यकालमा दुर्घटना भएको बेला पठाओ बेनिफिट प्रोग्राम अन्तर्गत आर्थिक सहायता प्राप्त गरेका थिए ।

कार्यक्रममा बस्न्यातले स्टार्टअपबाट सुरु भएको यस कम्पनी अहिले राम्रो व्यवसाय बन्न सफल भएको बताए ‌  पठाओ नेपालले हालै सुरु गरेको आफ्नो नयाँ सेवा पठाओ किराना, पठाओ खाजा र पठाओ गेम्स बारे समेत उनले जानकारी दिए । उनका अनुसार कम्पनीले छिट्टै पठाओ रेन्टल पनि सुरु गर्ने तयारी गरेको छ।
 


Author

थप समाचार
x