समाज

वनस्पति घ्यू तेल उत्पादक संघद्धारा बाढी पहिरो पीडितहरूलाई खाद्यान्न सहयोग

इकागज |
असोज २१, २०८१ सोमबार १०:२७ बजे

काठमाडौँ- नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा बाढी पहिरो, प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनको लागि खाद्यान्न सामग्री सहयोग गरेको छ ।

चामल ३६० बोरा, चिउरा १०० व्याग, मसुर दाल ४० व्याग र तोरीको तेल –२० कार्टुन सहयोग स्वरुप उपलब्ध गराएको छ ।


उक्त सहयोग सामग्रीहरु उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीलाई संघका अध्यक्ष विकास दुगड तथा प्रतिनिधिमण्डलले मन्त्रालयमा हस्तान्तरण गरेको थियो ।

उक्त सहयोगले प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनमा केहि भएपनि राहत प्राप्त हुने विश्वास संघले लिएको जनाएको छ ।


Author

थप समाचार
x