समाज

दसैँमा ५ लाख ६६ हजारले छाडे काठमाडौँ

इकागज |
असोज २२, २०८१ मंगलबार १४:३ बजे

काठमाडौँ- यस वर्ष दसैँमा राजधानी छाड्नेको संख्या गत वर्षको भन्दा आधाले घटेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ५ लाख ६६ हजार २ सय ८१ जनाले दसैँका लागि काठमाडौँ छाडेका छन् । 


पछिल्लो २४ घण्टामा १ लाखभन्दा बढीले राजधानी छाडेको कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले जानकारी दिएका छन् ।

गत वर्ष यहि अवधिमा १० लाखभन्दा बढीले राजधानी छाडेका थिए ।

काठमाडौँ जोड्ने अधिकांश राजमार्ग अविरल वर्षाका कारण क्षतविक्षत भएपछि यस वर्ष दसैँमा राजधानी छाड्नेको संख्या आधाले घटेको हो । अहिले पनि बाढीले सडक बगाएका अरनिको राजमार्ग, वीपी राजमार्ग सञ्‍चालन हुन् सकेका छैनन् ।


Author

थप समाचार
x