समाज

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

इकागज |
असोज २३, २०८१ बुधबार १७:२ बजे

उदयपुर - आफ्नै श्रीमती २८ वर्षीया प्रमिला लामाको हत्या गरेको अभियोगमा ताप्ली गाउँपालिका-४ थाना  घर भई त्रियुगा नगरपालिका-६ जलजले पसल गरी बस्ने ३६ वर्षीय जंग बहादुर घिसिङ तामाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  

जंग बहादुरले विवादको क्रममा खुकुरी प्रहार गरी प्रमिलाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जलजलेबाट उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 



Author

थप समाचार
x