समाज

रौतहटमा सुनचाँदी ब्यवसायीमाथि सांघातिक हमला

इकागज |
असोज २३, २०८१ बुधबार १७:६ बजे

रौतहट - रौतहटस्थित अज्ञात हतियारधारी समूहले एकजना सुन चाँदी ब्यवसायीमाथि सांघातिक हमला गरेको छ । प्रहरीले घटनास्थल बाट पेस्तोल र खुकुरी बरामद गरेको छ ।

गएराती अज्ञात समूहले गढिमाई नगरपालिका  १ समनपुरका कनहाई साहको छोरा सुनचाँदी व्यवसायी चन्दन साह सोनारको टाउको हातमा खुकुरी प्रहार गरि गम्भीर घाईते  बनाएका छन । घाईते सोनारलाई अहिले उपचारका लागि बिवीरगंज स्थित वयोधा अस्पताल पठाईएको थियो ।


घाईते व्यवसायीको हाल बयोधा अस्पतालमा उपचार भइरहेको र खतरा मुक्त रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख दीलिप घिमिरेका अनुसार गएराती करीब साढे ८ बजे गरुडा र धमौरा गाँउ बिचको बाटो अरुद्व बनाई ३५ वर्षिय  सोनारमाथि अज्ञात समूहले  खुकुरी प्रहार गरी घाईते बनाएको थियो ।

गरुडा ९ नरकटिया गाउँदेखि १ किलोमीटर दक्षिण बाटोमा  गरुडाबाट समनपुर तर्फ जाँदै गरेको ना ४८ प ४५५७ नम्बरको को मोटरसाईकल रोकेर अज्ञात समूहले ब्यवसायीमाथि आक्रमण गरेको थियो ।

घटना लगत्तै ईलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले घाईतेलाई  उपचारको लागी पठाएको थियो । घटनास्थालमा प्रहरीले खुकुरी १ थान  र कटुवा पेस्तोल थान -१ फेला पारेको थियो ।

घाईतेको ना ४८ प ४५५७ नम्बरको मोटरसाईकललाई खुकुरी प्रहार गर्ने ब्यक्तिले लिई भागेकोमा घटनास्थल भन्दा १ किलोमीटर पुर्व तर्फ रोडको पिलरमा ठोकी सोही ठाउमा लडेको अवस्थामा बरामद भएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको तथा फरार अभियुक्तको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


Author

थप समाचार
x