समाज

लगाइयो दसैँको साइतको टीका

इकागज |
असोज २६, २०८१ शनिबार १२:१६ बजे

काठमाडौँ-  विजयादशमीको टीकाको साइत आरम्भ भएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ११ बजेर ३६ मिनेट जाँदा टीकाको शुभ साइत सुरु भएको हो । नेपालीहरूले साइतमै टीका लगाएका छन् । 

समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । दसैँमा मान्यजनको हातबाट टीका ग्रहण गर्ने र आशिर्वाद लिदाँ दुर्गा भवानीले रक्षा गर्ने र सत्यको जित हुने मान्यता रही आएको छ ।



Author

थप समाचार
x